नवलपरासी  – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपरासीबाट  प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतपरिणाम आएको छ ।


ADVERTISEMENT


पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ नेपाली कांग्रेसको प्रभावशाली नेता देबेन्द्र राज कण्डेल पक्ष प्यानल सहित विजयी भएका छन् । जिल्लामा देउवा गुटका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ । केन्द्रमा देउवा इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन्।


ADVERTISEMENT

# # #


मत परिणामअनुसार संघिय निर्वाचन क्षेत्र नं २ को सभापति कण्डेल पक्ष उमेदवार माधव प्रसाद पाण्डेले नरेन्द्र कुमार गुप्तालाई ५३ मत अन्तरले हराए। पराजित गुप्ता रामग्राम नगरपालिकाको मेयर हुन् । यस्तै सचिवमा प्रदिपसिंह क्षेत्री ३५७ र भरत पौडेल ३५६ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी जयराम बस्यालले ३२४ र राकेश गुप्ताले ३०२ मत ल्याएका छन् ।

यस्तै सहसचिव पदमा उपेन्द्र गुप्ता ३७० र नरेश भट्टराई ३७६ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश पुन मगरले ३०७ र प्रवलराज रेग्मीले २९१ मत ल्याएका छन्। त्यस्तै प्रत्यक्ष महिला तर्फ शिवानी घिमिरे शर्मा ले ३७४ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सीतादेबी दमई २८९ मत ल्याएकी छिन्।

त्यस्तै प्रत्यक्ष पुरुषतर्फ उमेश कुमार बिक ३६३ , ओम प्रकाश गुप्ता ३६५ र जगदीश सहानि केवटले ३७० मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी रेशम राज गैरे २९४ , सुरेन्द्र राठौर २८६ र क्षेत्र बहादुर खड्काले २९१ मत ल्याएका छन्।

त्यस्तै मधेसी महिलातर्फ सुनिता यादवले ३६२ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी शोभावती बानियाँ २९८ मत ल्याएकी छिन्। त्यस्तै मधेसी पुरुष तर्फ चुल्हाई प्रसाद यादवले ३५९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जितेन्द्र कुमार पटनवार ३०० मत ल्याएका छन्।

त्यस्तै दलिततर्फ हिरालाल हरिजन ३६७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कृष्ण गन्धर्व २९७ मत ल्याएका छन्। त्यस्तै थारुतर्फ मोहन चौधरी ३६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी त्रिवेणी प्रसाद चौधरीले २९६ मत ल्याएका छन् ।

त्यस्तै सदस्यमै गणेशराज भट्ट ३५७ , टिचन गुरुङ ३५२ ,मन्जु गैरे ३७२ , कमल प्रसाद चुवाई ३७८ , छविलाल दवाडी ९नारायण ० ३८४ , गिता न्यौपाने ३७८ , प्रेम सागर चौधरी ३५६ र बहादुर केवट ३४६ मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि मत परिणाम अनुसार कण्डेल पक्षका अनिता शर्मा ४०६ , ज्योति ढकाल (पराजुली ) ३४७ , सीता ज्ञवाली ३६५ , सुनिता कुमारी श्रेष्ठ , ऋषिराम पौडेल ३७८ , बैजनाथ कलवार नाथु ३६६ ,मोह प्रसाद शर्मा ३३९ , यक्ष प्रसाद पौडेल ३३० , राधेश्याम पाठक ३३४ ,लाल बहादुर सेन ठकुरी ३२७ , विष्णुप्रसाद पौडेल ३३० , रम्भा कुवर ३३५ ,मन्जु कण्डेल ३४३ ,दुर्गा बहादुर गुरुङ ३९९ ,पाबित्रीदेवी कोहार ३६१ , राजेश यादव अहिर ३४० ,रामचन्द्र मौर्य ३४२ ,बिनोद गौतम हरिजन ३४८ , मिना चौधरी ३४३ ,महेन्द्र राय थारु ३५३ ,तौखिक अमहमद अन्सारी ३५३ र शिवशंकर राय ३७० मत ल्याएर विजयी भएका हुन् ।

कण्डेल पक्षका राधेश्याम चौधरी ३११ , गजानन्द पटेल ३०४ र बचतनाथ योगी २६५ मत ल्याई पराजित भए । त्यस्तै खनाल पक्षका अर्जुन कुमार पोख्रेल ३६२ , गुणनिधि तिवारी ३७२ र भिम बहादुर थापा भरत ३३४ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भए ।

यस्तो छ मत परिणाम