गैंडाकोट – नेपाली कांग्रेस नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १ को सभापतिमा युवा नेता अमृत भट्टचन विजयी भएका छन् । आफ्ना प्रतिष्पर्धी कमलप्रसाद पराजुलीलाइ २२३ को भारी मतले पछि पार्दै युवा नेता भट्टचनले सभापति पदमा बाजी मारेका हुन् । भट्टचनले ६७० मत ल्याउँदा उनका प्रतिष्पर्धी कमल पराजुलीले ४४७ मतमा चित्त बुझाए ।


ADVERTISEMENT


कांग्रेस सभापति शेर बहादुर देउवा निकटका मानिने भट्टचनलाई जिल्लामा नेता महेन्द्रध्वज जिसी समुहको साथ थियो । सभापति पदमा पराजित भएका कमलप्रसाद पराजुली कांग्रेस महामन्त्री शंसाक कोईराला समुहका नेता हुन् ।नवलपुरको क्षेत्र नं १ मा पटकपटक शंसाक कोइरालाले चुनाव जितेर गए पनि उनि निश्चित समूहको घेरा भित्र परेको भन्दै भट्टचनले सो सिन्डिकेट तोड्नको लागि आफूले उमेदवारी दिएको बताउँदै आएका थिए ।


ADVERTISEMENT

# # #


सचिव पदमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा विजयी भए । अमृत श्रेष्ठले ५८७ मत र शालिकराम सापकोटाले ५६४ मत प्राप्त गरेर विजयी भएका हुन् । सहसचिवमा टीकाराम सापकोटा (५८३ मत) र तेजप्रसाद घिमिरे (५८०) विजयी भएका छन् । सचिव पदमा विजयी भएका शालिकराम सापकोटा र सहसचिव पदमा विजयी भएका टिकाराम सापकोटा दुवै सभापति भट्टचन पक्षका उमेदवार हुन् । सभापति पदमा अमृतले बाजी मारेसँगै अवको जिल्ला अधिवेशनको कसको पोल्टामा जाने हो भन्ने विषय पेचिलो बनको छ ।

क्षेत्रीय सभापतिमा विजयी भएपछि उज्यालो खबरलाई पहिलो प्रतिकृया दिँदै उनले अब कांग्रेस एक बनाएर अघि बढ्ने बताए ,समग्र युवाहरुको प्रतिनिधित्व र अग्रजलाई सम्मान गर्दै पार्टी बलियो बनाउन लाग्नेछु उनले भने गुट र उपगुटले पार्टीलाई राम्रो गर्दैन ।