काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा मालबाहक ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । साथै मृतक बालिकाकी आमा गम्भीर घाइते भएकी छिन्।


ADVERTISEMENT


विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालबाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिँदा धादिङको सिद्धलेक गाउँपालिका १ नलाङकी ११ वर्षीय कृपा अर्यालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेस रिमालले जानकारी दिए।


ADVERTISEMENT

# # #


दुर्घटनामा घाइते मिठु अर्यालको गजुरीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।