काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाए ।


ADVERTISEMENT


एमालेको दशौँ महाधिवेशनमा शुक्रबार शुभकामना दिदै अध्यक्ष थापाले अहिलेको सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको बताएका हुन् । उनले नेपाल विदेशी शक्तिको क्रिडास्थल भएको बताउदै नेकपा एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओली नेतृत्वको सरकारले विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र लिम्पियाधुरासमेत समेटेर नेपालले चुच्चे नक्सा बनाएर संविधानमा संस्थागत गर्न सफल भएको बताउदै अध्यक्ष थापाले एमालेलाई जनताले सधै स्मरण गरिरहने तर्क गरे ।

अध्यक्ष थापाले एमाले अध्यक्ष ओली राष्ट्रवादी सोच भएको नेता भएकाले नेकपा एमालेले १० औं महाधिवेशनबाट राष्ट्रलाई नेतृत्व गर्न सक्ने नेतृत्व चुनिनेमा आफु आशवादी रहेको बताए ।