काठमाण्डौं-एएफसी एसियन कप छनोट फुटबल अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अपरान्ह २ बजे सुरु हुनेछ ।


ADVERTISEMENT


४ खेलको समाप्तीमा १ अंक सहित नेपाल तालिकाको पुछारमा छ । समान खेलबाट फिलिपिन्सको ८ अंक छ । नेपालविरुद्धको खेलमा जित हात पारे फिलिपिन्स पहिलो पटक एसियाकपका लागि छनोट हुनेछ । यसअघि मनिलामा भएको पहिलो खेलमा फिलिपिन्स ४–१ ले विजयी भएको थियो ।


ADVERTISEMENT

# # #


फिफा बरियतामा नेपाल भन्दा ५९ स्थान माथि रहेको फिलिपिन्स नेपालविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ । नेपाल भने घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । फिलिपिन्सविरुद्धको खेलमा नेपाली टोलीलाई ४–४–२ को रणनीतिमा मैदान उतार्ने प्रशिक्षक ग्यातुको कोजीको तयारी छ । फिलिपिन्सपछि नेपालले यमनसँग समुह चरणको अन्तिम खेल खेल्नेछ ।

यसैबीच नेपाली राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले फिलिपिन्सविरुद्धको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । सन् २००७ मा ओमानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका गुरुङले १० बर्षपछि अन्तर्राष्ट्रिय खेलबाट औपचारिक रुपमा बिदा लिने भएका हुन् ।

उनी राष्ट्रिय जर्सीमा आज अन्तिम पटक मैदानमा देखिनेछन् । उता विंगर जगजित श्रेष्ठ १८ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका छन् । अष्ट्रेलियामा बस्दै आएका श्रेष्ठलाई प्लेईङ सेटमा राखेर फिलिmपिन्स बिरुद्ध मैदान उतार्ने प्रशिक्षक कोजीको तयारी छ ।