काठमाण्डौं-भोजपुरमा मंगलबार बिहान एमाले नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईको गाडीमा बम प्रहार भएको छ ।


ADVERTISEMENT


चुनावी सभामा जाँदै गर्दा ट्याम्के मैयुङ गाउँपालिका– ६ स्थित गुम्बामा बिहान १० बजे अपरिचित समूहले बम हानेको राईका सञ्चार संयोजक ध्रुव सुवेदीले जानकारी दिए ।
बमको छर्रा लागेर निजी सुरक्षागार्ड डिल्ली देवकोटा घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


प्रतिकारमा सुरक्षागार्ड देवकोटाले १४ राउण्ड हवाई फायर गरेका छन् ।