काठमाडौँ– सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैँया तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० रुपैँयामा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला २०० रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैँया कायम भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ४०० रुपैँयामा यसको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैँयाले घटेर एक हजार २१० रुपैँया तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।