चितवन – नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले कुनै पनि टीके पद स्वीकार्य नभएको बताएका छन् ।
चुनावी मैदानबाट जितेको पद नै सर्वस्वीकार्य भएको कारण टीके पदका लागि आफू तयार नभएको समेत रावलको तर्क छ ।
जारी एमाले महाधिवेशनमा अध्यक्षका आकांक्षी रावलले सर्वसम्मत भन्दै टीके पद बाँढ्न लागिएकोमा आपत्ति जनाए । साथै रावलले टीका लगाएर पाउने कुनै पनि पद अस्वीकार गर्नेसमेत बताएका छन् ।
यता एमाले अध्यक्ष केपी शर्मा ओली भने सहमतिका आधारमा गरौं भन्दै चुनाव नगर्ने बताउँदै आएका छन् ।
हिजोको बन्दसत्रमा ओलीलाई सर्वसम्मत रूपमा नेताहरूलाई पदको भागबन्डा मिलाउने जिम्मा दिइएको थियो ।