काठमाडौँ – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सहभागी नेताहरु एकताको सन्देश दिन नेताहरुलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


आइतबार बन्दशत्रको दोस्रो दिन बन्दशत्रमा सहभागि नेताहरुले शीर्ष नेताहरुलाई नेकपा एमाले एकढिक्का छ भन्ने सन्देश दिन आग्रह गरेका हुन । नेकपा एमालेका नेता लालबाबु पण्डितले महाधिवेशपछि नेकपा एमाले जनताकोबीच जानुपर्ने बताए । उनले नेकपा एमाले आफ्ना कार्यक्रमहरु जनतको माझमा लैजाने गरि अधिबढेको बताए । फरक प्रश्नमा पण्डितले १० बुँदे सहमति इतिहास बनिसकेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


नेकपा एमालेका सचिव योगेश भट्टराईले महाधिवेशनको पार्टी फुटेपनि यो एकताको महाधिवेशन भएको बताए । उनले नेपालमा एमालको अगुवाईमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान थालिने जानकारी दिए । सचिव भट्टराईले महाधिवेशनपछि सौराहबाट नेकपा एमाले दौडिने बताए । उनले आउदो निर्वाचनमा नेपालको पहिलो पार्टी नेकपा एमाले बन्ने र प्रधानमन्त्री नेकपा एमालेकै हुने ठोकुवा गरे ।

एमाले नेताहरुले विगतका मनमुटावबाट मुक्तिभइ नयाँ सोचका साथ अधिबढ्न आग्रह गरेका गरेका थिए ।