चितवन – लगातार टीके पदलाई अस्वीकार गर्दै आएका  भीम रावलले एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।


ADVERTISEMENT


उम्मेदवारी दर्ता गर्दै रावलले हरेक महाधिवेशन प्रतिनिधिलाई कुनै पनि पदमा उठ्ने अधिकार भएको बताएका छन्  । रावलले आफ्नो अधिकार प्रयोग गरेर उम्मेद्वारी दर्ता गराएकोसमेत जानकारी गराएका छन् । पार्टीमा कुनै समूह नभएकाले एक्लै उम्मेद्वारी दिएको बताए।


ADVERTISEMENT

# # #


सहमति जुटन नसकेपछि एमाले नेताद्वय केपी शर्मा ओली र भीम रावल अध्यक्ष पदमा लड्ने भएका छन् । चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा आइतबार दिनभर रावललाई मिलाउन नेताहरुले निकै मेहनत गरेका थिए । रावल सहमतिमा नआएपछि ओली सर्वसम्मत अध्यक्ष हुन नपाउने भएका छन् ।