काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ।


ADVERTISEMENT


लामो समयसम्म बैंकमा उपचार गराउँदा पनि स्वासथ्यमा सुधार नआएपछि थप उपचारका लागि चीन चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन पुगेका उनको स्वास्थ्यमा हाल प्रारम्भिक सुधार देखिएको उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


चिकित्सककै सल्लाहमा सेन्जेन पुर्‍याइएका पुनको सोहि दिनदेखि नै उपचार सुरू गरिएको थियो । ओन्सरीका अनुसार, ३ दर्जनभन्दा बढी खटिएका चिकित्सक र नर्सको टोलीको उपचारको चौंथो दिनदेखि नै पुनको स्वासथ्यमा सुधार देख्न थालिएको हो ।

पुनका पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले उपचारमा सहभागी चिकित्सकले उनी हाल खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएको जानकारी दिए ।

पहिलेदेखि नै विश्वमै बिरलै देखिने जण्डिस (बिलरुविन)को समस्याबाट पिडित पुनको पछिल्लो परीक्षण अनुसार, बिलरुविनको मात्रा समेत घटेर १८ मा झरेको छ। जबकी यसअघि बैंककमा छँदा उनको बिलरुविनको मात्रा २२ थियो। बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरिर सुन्निनेजस्ता समस्या सुधार भएको छ।

पुनलाई नेपालमै हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यसअघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो। यद्यपि स्वासथ्यमा सुधार नआएपछि उनी बैंकक पुगेका थिए । यस्तै त्यसअघि पनि जढिडसले सताउँदा उनी बैंकस्थित समितिभेज अस्पतालमा उपचार गराएर फर्केका थिए ।