काठमाडौँ– मलेसियामा जारी एसीसी यू– १९ एसिया कप क्रिकेटको समूह चरणको तेस्रो खेलमा मलेसियाद्वारा नेपालनेपालसामू ४६ रनको चुनौति पेस गरेको छ ।


ADVERTISEMENT


वर्षाका कारण ५० ओभरको खेल छोट्याएर २४ ओभरमा झारिएको थियो । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाएर जम्मा ४५ रनमात्र बनाउन सक्यो । मलेसियाका लागि सेयद अजिज मुबारकले २० रन बनाए । २१ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे । यस्तै भिरन्दीप सिंहले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


यता नेपालका लागि सन्दीप लामिछानेले सार्वाधिक ५ विकेट लिएर मलेसियाली ब्याटिङलाई धारासायी बनाए । ४.३ ओभर बलिङ गरेका उनले ८ रन खर्चिएर ५ विकेट चट्काए ।

यस्तै कप्तान दीपेन्द्र सिंह ऐरील र साहव आलमले समान २/२ विकेट लिए भने अनिल कुमार शाहको नाममा एक विकेट रह्यो ।

२ ओभर बलिङ गरेका कप्तान दीपेन्द्रले १ मेडेन ओभर फ्याँक्दै १ रन खर्चिए भने ३ ओभर बलिङ गरेका शाहव आलमले ३ रन दिएर २ विकेट लिए । मलेसियाले सुरुवातमा राम्रो स्कोर ल्याएको थियो । तर त्यसलाई नेपाली बलरले टिक्न दिएनन् ।

नेपालले केहिबेरमा जवाफी ब्याटिङ थाल्दैछ ।

अघिल्लो चरणमा प्रवेश गर्नका लागि नेपालले आजको खेल जितेर मात्र पुग्दैन । मलेसिया र भारबीच हुने खेलले पनि निर्धारण गर्नेछ । यसअघि नेपाल बंगलादेशसंग २ विकेटले पराजित भएको थियो भने भारतलाई १९ रनले हराएको थियो ।