काठमाडौं – यसअघि बेलायतकी महारानीलाई राष्ट्र प्रमुख मान्दै आएको क्यारेबियन टापुमा रहेको बार्बेडोस विश्वको कान्छो गणतान्त्रिक देश बनेको छ । बेलायतकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको हो ।


ADVERTISEMENT


राजधानी ब्रिजटाउनमा भएको भव्य समारोहमा डेम स्यान्ड्रा मेसनले बार्बेडोसको राष्ट्रपतिका रुपमा शपथ लिएको बीबीसीले जनाएको छ । यो समारोह बार्बेडोस स्वतन्त्र बनेको ५५ औँ वार्षिकीको अवसर पारेर गरिएको थियो । बार्बेडोसको नयाँ युगसँगै बेलायतको शताब्दीयौँ पुरानो प्रभाव समाप्त हुनेछ ।


ADVERTISEMENT

# # #


शक्ति हस्तान्तरणको प्रतिक स्वरूप समारोहमा ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी दिइएको थियो । मुख्य अतिथि बेलायतका युवराज चाल्सले संवैधानिक परिवर्तनका बाबजुद पनि दुई देशबीच निरन्तर सम्बन्ध रहने बताएका छन् । –बीबीसी