रामचन्द्र पाण्डे, काठमाडौँ– नेपाल मलेसियामा जारी ‘एसीसी यू– १९ एसिया कप क्रिकेट २०१७’ को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


समूह चरणको तेस्रो खेल अन्तर्गत आज भएका खेलमा नेपालले मलेसियालाई र बंगलादेशले भारतलाई पराजित गरेसंगै नेपाल पहिलो पटक एसीसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो । भारतसंगको जितपछि बंगलादेश समूह ए को विजेता भएको छ ।


ADVERTISEMENT

# # #


वर्षाले प्रभावित खेलमा बंगलादेशले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। भारतले निर्धारित ३२ ओभरको खेलमा ८ विकेट गुमाउँदै १८७ रन बनायो। डिएल नियम अनुसार ३२ ओभरमा १९० रनको नयाँ लक्ष्य पाएको बंगलादेशले खेल सकिन २४ बल बाँकी छँदै ८ विकेटले विजयी भयो। बंगलादेशका लागि पिनाक घोषले सर्वाधिक ८१ रन बनाए। यस अघिका तीनवटै प्रतियोगितामा विजेता बनेको भारत यस पटक समूह चरणबाटै बाहिरिएको छ ।

यस्तै मोहम्मद नाइम शेखले ३८ रनको योगदान दिए।

नेपालले आज मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । तर आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसंग पराजित भएकाले अरुको खेलमा निर्भर हुनु परेको थियो । बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेसंगै नेपालको सेमिफाइनलको यात्रा तय भएको हो । नेपाल यस अघि प्रतियोगितामा सहभागी भएपनि समूह चरणमै सिमित भएको थियो ।

पहिलो खेलमा बंगलादेशसंग उत्कृष्ट प्रदर्हन् गर्दा पनि झिनो पराजय भोगेको नेपालले टेस्ट मान्यता प्राप्त राष्ट तथा एसीसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगिताको लगातार तीन पटकको विजेता भारतलाई पहिलो पटक पराजित गरेसंगै नेपालको सेमिफइनल पुग्ने आशा जागेको थियो ।

आजको खेलमा नेपालले मलेसियालाई परास्त गरेपनि अगाडी जाने स्थिति थिएन किनकी नेपाल र भारतको समान २ अंक थियो र भारतले बंगलादेशमाथि विजय हासिल गरे उ अगाडी सकुह विजेता हुन्थ्यो भने समान अंक भएको बंगलादेश नेट रनरेटका आधारमा उपविजेता हुँदै सेमिफाइनल प्रवेश गर्नु थियो । तर सायद नेपालको भाग्यले साथ दिइरहेको थियो र त भारत बंगलादेशसंग पराजित भयो ।

उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित भएपछि समूहचरणबाट माथि जान सकेन । पहिलो खेलमा मलेसियालाई २०२ रनले हराए पनि  भारत नेपाल र बंगलादेशसँग पराजित भयो ।

यस समूहबाट भारतसँगै आयोजक मलेसिया पनि समूह चरणबाटै बाहिरिएका छ । अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार समूह बी को विजेता राष्ट्र अफगास्तानको सामना गर्नेछ ।

नेपालले मलेसियालाई ८ विकेटले हरायो, सन्दीपले लिए ५ विकेट