काठमाडौं – आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।


ADVERTISEMENT


हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।


ADVERTISEMENT

# # #


हिजो मंगलबार प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।