काठमाडौँ– आजदेखि नेपाली कांग्रेसको प्रदेश अधिवेशन सुरु भएको छ । १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु हुन लागेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरेर सातै प्रदेशको अधिवेशन सुरु गर्ने जनाइएता पनि सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश २ को अधिवेशन भने केही दिन ढिला हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको हो ।


ADVERTISEMENT

# # #


प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने कांग्रेसले जनाएको छ ।

कुन प्रदेशबाट को–को उठ्दै छन् उम्मेदारमा ?

पहिलो पट बन्न लागेको कांग्रेस प्रदेश कमिटीमा प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र संस्थापन र इतर समूहले छुट्टाछुट्टै प्यानलाई सुचीबद्ध गरिएको छ । जसअन्तर्गत प्रदेश एकमा पूर्वमहामन्त्री कृष्णप्राद सिटौलाको उम्मेदवारलाई संस्थापन समूहले समर्थन गरेको छ ।

सिटौला समूहबाट कांग्रेस झापाका पूर्व सभापति उद्धव थापा उम्मेदवार बन्दैछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट केन्द्रीय सदस्य गुरु घिमिरे र प्रदेश एकका संसदीय दलका नेता राजीव कोइराला सभापतिका आकांक्षी छन् ।

क्षेत्रीय अधिवेशनकै कारण अल्झिएको प्रदेश दुईमा भने उम्मेदवारको टुंगो लागिसकेको छैन । यस्तै, बागमती प्रदेशमा सभापतिका लागि संस्थापन समूहबाट कांग्रेस मकवानपुर सभापति इन्द्र बानियाँ, पौडेल समूहबाट जगदीश्वर नरसिंह केसी र सिटौला समूहबाट भीमसेनदास प्रधान गरी तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

गण्डकीमा संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशीउठ्दैछन् भने भने पौडेल समूह अझै अलमलमै रुमलिएको छ ।

लुम्बिनी प्रदेशको सन्दर्भमा भने, संस्थापन समूहबाट सांसद भरत शाह उम्मेदवार बन्दैछन् । यस्तै, पौडेल समूहले कांग्रेस रोल्पाका पूर्वसभापति अमर पुनलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ । कर्णालीमा संस्थापन समूहले उम्मेदवार टुंग्याइसकेको छैन भने पौडेल समूहबाट नेता भुपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । सुदूरपश्चिममा संस्थापन र इतर समूहले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।