भक्तपुर – नायक निखिल उप्रेती उर्फ (दिनेश उप्रेती) र जेठी पत्नी कोपिलाबीच औपचारिकरुपमा सम्बन्ध विच्छेद भएको छ । नायक उप्रेती लामो समयदेखि जेठी पत्नीबाट टाढा रहेका थिए ।


ADVERTISEMENT


चलचित्र ‘माया त माया हो’मा एकसाथ काम गर्दा गर्दै संचिता लुइँटेलसँग उप्रेतीको प्रेम भएको थियो । प्रेममा परेपछि निखिल र संचिताले बिहे गरी  मुम्बई गएका थिए । संचिता केहि समयपछि नेपाल फर्किइन् भने निखिललेचाँहि  नेपाल आउन ५ बर्ष लगाए ।


ADVERTISEMENT

# # #


निखिलले जेठी पत्नी कोपिलालाई छाडेको झन्डै १३ वर्ष पुगेको छ । हाल  उनीहरु दुवैले कानुनीरुपमा सम्बन्धलाई टुंग्याएका हुन् । जिल्ला अदालत भक्तपुरमा  साउन ३२ गते उनीहरुको सम्बन्ध विच्छेद भएको हो ।

निखिल हाल आध्यात्मिक जीवन बाँच्न र जीवन दर्शनका विविध आयाम खोज्न तल्लीन छन् ।

पूर्वपत्नी कोपिलासँग

दुवै पत्नीहरु

छोरा र निखिलकी जेठी पत्नी कोपिला

आध्यात्मिक जीवन बाँच्दै निखिल