बुटवल – नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । संस्थापन इतर समूहबाट सभापतिमा उठेका पुनको प्यानलका उम्मेदवारले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ ।


ADVERTISEMENT


राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म २०० मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए । खुल्लातर्फ २०० र जिल्लातर्फ करिब २५० मत गणना भएको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सभापति तथा पदाधिकारीको भने गणना भएको छैन । शनिबार बिहान ११ बजेदेखि भैरहवास्थित महेन्द्र सभागृहमा सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको थियो । तर गणना भने ठाउँ सार्दा ढिला भएको हो ।

महेन्द्र सभागृहमा आइतबारलाई ठाउँ नपाइएका कारण गणना गर्ने ठाउँ सार्नुपरेको निर्वाचन समिति संयोजक थापाले बताए । प्रदेश समितिको नेतृत्वका लागि संस्थापन समूहबाट साह र संस्थापन इतरबाट पुन प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।