काठमाडौं – आई. एम. ई. लाईफ इन्श्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आई. एम. ई. लाइफ डाइरेक्टको नाम बाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने विश्वास कम्पनीले लिएको छ ।
लाईफ इन्श्योरेन्स कम्पनिहरुमध्ये च्याटवोट मार्फत् सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आई. एम. ई. लाईफ इन्श्योरेन्सले आज भन्दा एकवर्ष पहिलेबाट च्याटबोट सेवा उपलब्ध गराएको हो । एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधा सहित प्रविधि मैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनिद्वारा जनाइएको छ ।
थप सुविधा दिन तथा प्रविधि मैत्री बनाउनको लागि च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स तथा डिजिटल प्रविधी अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाइएको छ ।
बितेको एकवर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हाल सम्म झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ । यसबाट पनि उक्त च्याटबोट आजको प्रविधिमैत्री समाजमा अत्यन्त उपयोगी रहेको कुरा पुष्टि हुन्छ ।