काठमाडौँ – नेपाली काँग्रेसको बाग्मती प्रदेशको सभापतिमा ईन्द्र बानियाँ निर्वाचित भएका छन् । बानियाँले आइतबार भएको दोस्रो चरणको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतले हराउँदै जित हासिल गरेका हुन् ।


ADVERTISEMENT


कुल खसेका २०२६ मतमध्ये बानियाँले दोस्रो चरणको मतदानमा १०२४ मत ल्याएका हुन् । बानियाँले ल्याएको मत कुल खसेको मतको बहुमत भएसँगै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत ल्याए भने १३ मत बदर भए ।


ADVERTISEMENT

# # #


यसअघि पहिलो चरणको निर्वाचमा पनि बानियाँ पहिलो भए पनि बहुमत भने ल्याउन सकेका थिएनन् । उनले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७७ मत पाएका थिए । यस्तै अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेका थिए ।

कसैको बहुमत नआएपछि दोस्रो चरणाको निर्वाचनको लागि प्रधानले बानियाँलाई सघाएका थिए । नेपाली कांग्रेसको विधान बमोजिम विजयी हुनका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।