काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टी ललितपुरको महालक्ष्मी नगरकमिटी अन्तर्गत वडा नं ७ मा कमिटी विस्तार भएको छ । नेकपा (एस)ले देशैभर आफ्नो कमिटी विस्तार गर्ने क्रममा आइतबार महालक्ष्मी नगरकमिटी अन्तर्गत वडा नं ७ मा कमिटी विस्तार गरेको हो ।


ADVERTISEMENT


गत कार्तिक १२ गते महालक्ष्मी नगरकमिटी अध्यक्षमा नकुल थापा सर्वसम्मत चयन भएसँगै उनले विभिन्न वडामा कमिटी विस्तार गरिररहेका छन् ।


ADVERTISEMENT

# # #


आइतबार नगरकमिटीका अध्यक्ष थापाको सक्रियतामा महालक्ष्मी ७ वडाकमिटीका साथै पार्टीका भातृस‌ंगठन अखिल नेपाल मजदुर संघ र युवा संघ नेपाल को कमिटि गठन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एस् पार्टीका स्थाई कमिटि सदस्य  तथा केन्द्रीय निर्वाचन कमिटिका अध्यक्ष माधब पौडेल प्रमख अतिथि, पार्टीका केन्द्रीय सदस्य धीरेन्द्र श्रेष्ठ, अखिल नेपाल मजदुर संघ नेपाको केन्द्रीय सदस्यहरु, महालक्ष्मी नगरका उप प्रमुख निर्मला थापा, पार्टीका अन्य नेताहरु उपस्थित थिए । पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको कार्यक्रमका बीच वडा नं ७ को कमिटी विस्तार भएको हो । महालक्ष्मी नगरकमिटीका अध्यक्ष थापाले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका कार्यकर्ताहरुलाई मार्गनिर्देश गरेका थिए ।

कमिटीका सदस्य र भातृस‌ंगठनको नामावली यस्तो रहेको छ ।