काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडको एकै साथ थप नयाँ पाँच शाखा कार्यालयहरुको उद्घाटन गरेको छ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७८ मंसिर १९ गते देखि थप पाँच शाखाहरुको उद्घाटन गरेको हो ।


ADVERTISEMENT


नयाँ खोलिएका शाखाहरुमा ७३ औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं ०६ नयाँ बानेश्वर चोक स्थित नयाँ बानेश्वर शाखा काठमाडौं, ७४ औँ शाखाको रुपमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं ०५ स्थित मणिग्राम शाखा रुपन्देही रहेको छ । त्यस्तै ७५ औँ शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं ०४, बर्दघाट शाखा नवलपरासी, ७६ औँ शाखाको रुपमा दाङ्ग जिल्ला घोराही उप – महानगरपालिका वडा नं। १५ बिपि चोक स्थित घोराही शाखा दाङ्ग र ७७ औँ शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं ११ साझा चोक स्थित कोहलपुर शाखा रहेका छन् ।


ADVERTISEMENT

# # #


लुम्बिनी विकास बैंकको नयाँ बानेश्वर शाखा को उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गरेका छन् । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उप – प्रमुख माया देवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्त रुपमा गरेका छन् । मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्त रुपमा गरेका छन् ।

घोराही शाखाको उद्घाटन घोराही उप – महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रताप कुमार आचार्य तथा श्री रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गरेका छन् । साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्त रुपमा गरेका हुन् ।

हाल सो बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यवसाय गरिरहेको छ ।  लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।