काठमाडौं – काठमाडौंको धोबीखोलामा एक युवकको बेवारिसे शव फेला परेको छ । आइतबार दिउँसो भक्तपुरको चाँगुनारायण- ६ निवासी २५ वर्षीय विशाल कार्कीको शव धोबीखोलामा फेला परेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार कार्कीले धोबीखोला क्षेत्रमा फोहोर उठाउने काम गर्दै आइरहेका थिए । खोलामा डुबेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीेले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रारम्भिक अनुसन्धानबाट पानीमा डुबेर कार्कीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।