काठमाडौं – नेपाली कांग्रेस प्रदेश-१ महाधिवेशनको पुनः मतगणना गर्न माग राख्दै निवेदन दिइएको छ । संस्थापन इतर पक्षका दुई मतले सभापतिमा हारेका  गुरुराज घिमिरे पक्षले पुनः मतगणनाको माग राख्दै निर्वाचन आयोग समक्ष निवेदन दिएको हो ।


ADVERTISEMENT


सभापतिका प्रत्यासी गुरुराज घिमिरेले पुनः मतगणनाको माग राख्दै निवेदन दर्ता गराएको निर्वाचन अधिकृत भरत थापाले बताए । प्रदेश महाधिवेशनअन्तर्गत गएराति सम्पन्न मतगणनामा उद्धव थापा विजयी भएका थिए ।


ADVERTISEMENT

# # #


देउवा–सिटौला प्यानलबाट उम्मेदवार बनेका थापाले कोइराला–पौडेल समूहबाट चुनावी प्रतिस्पर्धामा रहेका घिमिरेलाई २ मतको अन्तरले पराजित गरेका थिए । थापाले ४४४ र घिमिरेले ४४२ मत प्राप्त गरेका छन् ।