काठमाडौं – नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनमा सहभागी हुन विभिन्न देशका राजनीतिक दललाई पत्राचार गरेको छ । कांग्रेसले मंसिर २४ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागेको पार्टीको महाधिवेशनमा शुभकामना दिनका लागि भारतीय जनता पार्टी, कंग्रेस आई, चिनियाँ कम्युनिष्ट पार्टी लगायत अन्य देशका राजनीतिक दललाई पत्राचार गरेको हो।


ADVERTISEMENT


भारतबाट प्रतिनिधिहरु सहभागी हुने भएपनि कोरोनाको नयाँ भेरियन्टका कारण चीनका प्रतिनिधि नआउन सक्ने सम्भावना रहेको नेता डा प्रकाश शरण महतले जानकारी दिए । महाधिवेशनमा विदेशी पाहुन स्वागत तथा व्यवस्थापन समितिका प्रमुख महतले आफूहरुले विभिन्न देशका राजनीतिक दलहरुसँग निरन्तर सम्पर्क गरिरहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #