काठमाडौं । बहुप्रतिष्ठित बुढीगण्डकी जलबिद्युत आयोजनाको सम्झौता सरकारले बिना कारण रद्ध गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोईरालाले गम्भिर असन्तुष्टि पोखेकी छन् ।


ADVERTISEMENT


देशलाई विकास र समृद्धि तर्फ अघि बढाउनु पर्ने समयमा यस्ता आयोजनाहरुमा बाधा पुग्ने काम गर्नुले देशलाई नै ठूलो घाटा पुग्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


‘नेपाल सरकारले केही दिन अगाडि बहुप्रतिष्ठित बुढीगण्डकी जलविद्युत आयोजना सम्झौता रद्द गर्ने निर्णय गरेको छ, यो निर्णय राम्रो होइन’ हिमालय पोष्टसंग कुरा गर्दै कोईरालाले भनिन् ‘एउटा सरकारले सम्झौता गर्दै जाने र अर्को सरकारले रद्द गर्दै जाने हो भने नेपालको विकासमा ठूलो असर पर्छ ।’

निर्वाचनको मुखैमा सरकारले यस्ता ठूला कार्यक्रम र आयोजनाहरुमा संबेदनशील निर्णयहरु लिँदा चुनावको वातावरणलाई समेत असर पुग्न सक्ने उनको चिन्ता छ ।

‘निर्वाचनको मुखमा सरकारले यस्तो निर्णय गरेपछि निर्वाचनलाई प्रभाव पर्न सक्छ’ उनले भनिन् ‘यस्तो निर्णयले कांग्रेसको पक्षमा समेत जनमत घट्न सक्छ ।’

राष्ट्रिय महत्वका सवालहरुमा सरकारले पार्टी भित्र छलफल गरेर निर्णय लिनु उपयुक्र्त हुने कोईरालाको सुझाब छ ।

‘यो निर्णयले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरणमा असर परेको छ’ उनको आग्रह छ ‘निर्णय सच्याउनुपर्छ ।’