काठमाण्डौं-टर्कीले रसियाली एस-४०० ‘सर्फेस टु एयर’ मिसाइल प्रतिरक्षा प्रणाली खरिद गरेको छ । टर्कीका रक्षामन्त्री नुरेतिन कानिक्लीले रसियासँग मिसाइल खरिद गरिसकेको बताए । उनले टर्कीलाई आफ्नै मिसाइल प्रतिरक्षा प्रणाली विकास गर्न सघाउने सम्बन्धमा युरोपेली युरोसाम कन्सोर्टियमसँग छलफल भइरहेको जानकारी दिएका छन् ।


ADVERTISEMENT


उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सदस्य टर्कीले रसियासँग एस-४०० मिसाइल खरिदलाई अमेरिका र युरोपेली देशको सहयोगी राष्ट्रलाई रसियाले फुटाएको रुपमा हेरिएको छ । नेटोका एक वरिष्ठ कमान्डरले गत साता नेटोको शस्त्र प्रणालीसँग मिल्दाजुल्दा हातहतियार किन्न टर्कीमाथि दबाब दिइने बताएका थिए ।


ADVERTISEMENT

# # #


‘खरिद सकियो, टर्कीले एस-४०० मिसाइल किन्यो’, रक्षामन्त्री कानिक्लीले ब्ल्याक सिनजिकको सहर गिरेसनमा भने, ‘यसको विस्तृत विवरण बिस्तारै दिनेछौं ।’उनले एस-४०० मिसाइलको खरिदसँगै फ्रान्स-इटलीको युरोसाम कन्सोर्टियमसँग टर्कीको आफ्नै मिसाइल प्रणालीसम्बन्धी प्रविधि विकास, उत्पादन र प्रयोग गर्न प्रारम्भिक छलफल भइरहेको बताए।

रक्षामन्त्रीले गएको बुधबार बेल्जियमको राजधानी ब्रसेल्सममा मिसाइल प्रतिरक्षा प्रणाली विकाससहित विभिन्न रक्षा योजनामा सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको टर्कीको रक्षा मन्त्रालयले गतसाता जनाएको थियो । युरोसाम र टर्कीका कम्पनीहरूले युरोसामद्वारा उत्पादित एसएएमपी-टी मिसाइल प्रणालीमा आधारित नयाँ मिसाइल प्रविधि विकास गर्नेतर्फ पहिलो कदम भएको रक्षामन्त्री कानिक्लीले बताए ।