काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले द्धन्द्धपीडीतहरुले न्याय पाउने बताएका छन् ।


ADVERTISEMENT


एवम् ७३ औं विश्व मानव अधिकार दिवसका अवसरमा मानवअधिकार आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सत्यनिरुपण तथा मेलमिलापमार्फत द्वन्द्वपीडीतलाई न्याय दिने प्रतिबद्धताजनाएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल आफैले द्वन्दलाई समाधान गर्नु विश्वकै उदाहरणीय काम भएको जिकिर गर्दै प्रधानमन्त्री देउवाले सीमान्तकृत, विपन्न, लैङ्गिक अल्पसङ्ख्यक, अपाङ्गता भएका एवं पछि परेका क्षेत्र, वर्ग र समुदायको मानव अधिकार सुनिश्चितता गरेको जानकारी दिए ।

कोभिड–१९ महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा पनि सरकारले आफ्ना नागरिकको मानव अधिकारको संरक्षणमा काम गरेको उनको दाबी छ ।

तस्बिर : रासस

यस्तै, कार्यक्रममा बोल्दै कार्यक्रममा मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवअधिकारको संरक्षण राज्यको कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै मिलेर माधवअधिकार संरक्षणका लागि जुट्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।

सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप हरेक डिसेम्बर १० का दिन यो दिवस मनाइन्छ ।