काठमाडौं –  कांग्रेसका नेता प्रकाशमान सिंह र नेतृ सुजाता कोइराला एकैमञ्चमा देखिएका छन् । १४औं महाधिवेशनको मनोनयन दर्ताको दिन सिंह र कोइराला सँगै देखिएका हुन् ।


ADVERTISEMENT


सभापतिका उम्मेदवार सिंहको प्यानलबाट उपसभापतिमा कोइरालाले उम्मेदवारी दिने बताएकी छिन् । उनको उम्मेदवारीले सबैलाई चकित बनाएको छ । सिंहको उम्मेदवारी घोषणा सभामा कोइराला पनि सँगै देखिएकी हुन् । उनले प्रकाशमान लेखिएको लोगो कोटको दुवैतिर लगाएकी छिन् ।


ADVERTISEMENT

# # #