काठमाडौं – नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । आज बसेको क्यानको बोर्ड बैठकले पुबुदुको नाम पारित गरेको हो । सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका उनीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।


ADVERTISEMENT


नेपाली क्रिकेट र क्रिकेट खेलाडीका विषयमा राम्रो ज्ञान राखेका पुबुदुले क्रिकेट टोलीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । पुबुदु प्रशिक्षक भएकै समयमा नेपालले सन् २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । क्यानडा र अमेरिकाको प्रशिक्षकका रूपमा काम गरिसकेका पुबुदु प्रशिक्षकको रुपमा राम्रो अनुभव छ ।


ADVERTISEMENT

# # #


ओमान भ्रमणका क्रममा डेभ वाट्मोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन भएको थियो । त्यसको एक महिनापछि क्यानले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । नेपाली टोलीको प्रशिक्षकमा ६० जनाले आवेदन दिएका थिए ।

क्यानले ६० बाट पहिलो चरणमा १५ जनालाई छान्यो । छानिएका १५ मध्येबाट पाँच प्रशिक्षक छनोट गर्दै अन्तर्वार्ता लिइयो ।दसानायकेलगायत मोन्टी देशाई, ग्रान्ट ब्राडवर्न, अशंखा गुरुसिंह र रुवान कल्पले प्रशिक्षकका लागि अन्तवार्ता दिएका थिए ।