काठमाडौं –  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।


ADVERTISEMENT


कांग्रेसको सभापतिका लागि पाँचजना, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । गएको शनिबार पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गरेका थिए ।


ADVERTISEMENT

# # #


पदाधिकारीमा उम्मेदवारी दिएका दुईजना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले आइतबार मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्विरोध चयन भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि सोमबार हुने मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा केन्द्र कायम गरिएको हो । बेलुका ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्ने छन् । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंह प्यानल बनाएर प्रतिस्पर्धामा छन् ।