बाजुरा– कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिला सुत्केरी हुन नसकेर छट्पटाइ रहेकी छन् । बुढिनन्दा नगरपालिका-७ समालगाँउ बस्ने वर्ष २६ की शारदा कडारा अत्यधिक रक्तश्रावका कारण जीवनमरणको दोसाधमा छिन् ।


ADVERTISEMENT


तीन दिन पहिला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी शारदाको पेटमै बच्चा मरिसकेको र त्यसपछि रक्तश्राव भएको त्यहाँका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । स्वास्थ्य केन्द्रमा कार्यरत अनमी चन्द्रा दानीले महिलाको पेटमै बच्चा मरिसकेको र अहिले रक्तश्राव भइरहेको बताए । उनका अनुसार पाठेघरको मुख पनि नखुलेका कारणले महिलाको अवस्था निकै जोखिम रहेको छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य केन्द्रमा शारदालाई सुत्केरी गराउन सम्भव नभएपछि अन्यत्र लैजान भनिएको छ । अन्यन्त्र लैजान पैंसा नभएपछि स्वास्थ्य चौकी बाहिर घाममै महिला छट्पटाइरहेको बताइएको छ । शारदाका श्रीमान चन्दु कडारा श्रीमतीलाई अन्यत्र लैजान पैसाको जोहो गर्न बजार घुमिरकेका छन् । अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने भएकाले रेफर गरिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी चन्दाले बताइन् । रासस