काठमाडौँ–नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कामना सेवा विकास बैंक अन्तरप्रेरणा प्रा.लिबीच सम्झौता भएको छ ।


ADVERTISEMENT


विकासको चाह राख्ने एसएमई तथा स्टार्टअपका लागि इक्विटी फंगिङको अवसरसहित नवोदित उद्यमलाई मजबुत बनाउने बुट क्याम्प तथा अन्य व्यवसायलाई उकास्नको निमित्त आवश्यक कार्यक्रमहरु सञ्चालन गरी देशमा नवोदित उद्यमीहरुको सहायता गर्नु नै उक्त सम्झौताको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


यी दुई संस्थाको सहकार्यमार्फत स्थानीय अर्थतन्त्रमा अर्थपूर्ण र दीर्घकालीन प्रभाव सिर्जना गर्नुका साथै एसएमईएस, स्टार्ट–अपहरूसँगै उद्यमीहरूलाई समर्थन गर्न प्रत्येक पक्षको सीप, शक्ति र स्रोतहरू संयोजन गरेर एकअर्कालाई पूरक बनाउने लक्ष्यका साथ सो सम्झौता गरिएको बैंकले जनाएको छ ।

यसका साथै यी संस्थाले आगमाी दिनमा विकासको चाह राख्ने एसएमई तथा स्टार्टअपका लागि इक्विटी फंगिङ अवसरसहित व्यवसाय एवम् उद्यमीको उद्यमशीलतालाई प्रोत्साहन तथा सुदृढीकरण गर्ने बुट शिविरको समेत अवसर सिर्जना गर्नेछ ।

एक समारोहबीच आयोजित सो कार्यक्रममा बैंकका तर्mबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र अन्तरप्रेरणाका तर्फबाट निरज खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।