काठमाडौं – नेपाली संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका नव गायक साजन तामाङले आफ्नो पहिलो गीत ‘आधा आधुरो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


प्रेम भावना व्यक्त गरिएको यस गीतमा शब्द गीतकार डि.पी खनालको रहेको छ भने सुरज कालाखेतीले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।


ADVERTISEMENT

# # #


बिना राउत फिचर्ड यस भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । हस्पिटालिटी क्षेत्रमा काम गर्दै संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका संघर्षरत गायक तामाङले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस्