काठमाडौं । नेकपा (एमाले) का अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीले सीमा नाघेको बताएका छन् । रावलले एक ट्वीट गर्दै पार्टीको केन्द्रीय कमिटीले गरेको सदस्य मनोनयन र कार्यविभाजनप्रति असन्तुष्टि जनाएका छन् ।


ADVERTISEMENT


अध्यक्षमा पराजित भएपछि कुनै पनि कमिटीमा नरहेका रावलले अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा भएको गुटबन्दीले छलाङ मारेकोसमेत  टिप्पणी गरेका छन् ।


ADVERTISEMENT

# # #


‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थप्रेरित अहं तुष्टीको नमूना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ ।’

अध्यक्षमा पराजित रावल हाल एमालेका कुनै पनि कमिटीमा रहेका छेनन् । उनको मौनतालाई अर्थपूर्ण रुपमा हेरिए पनि हाल भने रावलले मुख खोलेका छन् ।