काठमाडौँ – नेकपा एमालेकी केन्द्रीय सदस्य  भगवती चौधरीले पार्टीभित्र देखिएको अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दी विरुद्ध आवाज उठाएकी छन् ।


ADVERTISEMENT


आइतबार भक्तपुरमा भएको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पोलिटब्यूरो सदस्यमा मनोमानी र एकपक्ष ढंगले अध्यक्ष ओलीले मनोनित  गरेकोप्रति नेतृ  चौधरीले चर्को विरोध जनाएकी  हुन्  ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले आसेपासेलाई पार्टीमा मनोमानी पद बाँ‍डेको भन्दै नेताहरुको आक्रोश चुलिएको छ । एकताको सन्देश भन्दै ओलीले चरम गुटबन्दी गरेकोप्रति नेतृ  चौधरी रुष्ट बनेकी छन्   ।

कतिपय नेता कार्यकर्ताले पार्टीमा उचित योगदानको मूल्याङ्कन नभएको बताइरहँदा नेतृ  चौधरीलेसमेत  आफूलाई दिइएको सुनसरी जिल्लाको सह- इन्चार्ज पद अस्वीकार गरेकी छन् । नेतृ  चौधरीले हिमालयपोष्टसँग असन्तुष्टि पोख्दै  भनिन्,  ‘ओली कमरेड ! जिल्लाको सह- इन्चार्ज पद पनि मलाई चाहिएको छैन । तपाईंका आसेपासे कसलाई दिन मन लागेको छ दिँदा हुन्छ । कति अन्याय सहने ? ‘

एमालेभित्र चौधरी शिक्षित, बौद्धिक र क्षमतावान नेतृका रुपमा चिनिन्छिन् । एमालेको कमजोर पकड भएको सुनसरी क्षेत्र नम्बर-३ मा चौधरी एक्लैले आफ्नो  मेहनत र राजनीतिक लगानीबाट पार्टीको उपस्थितिलाई सशक्त बनाएकी छन् । गत आम निर्वाचनमा  बलिया प्रतिस्पर्धी कांग्रेस नेता विजयकुमार गच्छदारसँग सहज जित निकाल्दा निकाल्दै पनि ‘षड्यन्त्रपूर्वक’ व्यहोर्नुपरेको हारमा  चौधरीले अहिलेसम्म न्याय पाएकी छैनन् ।

जनताले जिताउँदा पनि हार्नुपर्ने, क्षमता र  काम गर्दा गर्दै पनि पार्टीमासमेत उचित मूल्यांकन नहुने चौधरीमाथिको पटकपटकको अन्यायका कारण एमाले र सिंगो राजनीतिप्रति नै जनता तथा कार्यकर्ताहरुको वितृष्णा छाएको छ ।

‘पार्टीको अन्तरसंघर्षलाई मिलाउन  मैले खेलेको भूमिकाकाे कदर र पुरस्कार यही हो त ?’ जनता र कार्यकर्ताहरुले आफूलाई विद्रोह गर्न सुझाइरहेको बताउँदै  पूर्वराज्यमन्त्री समेत भइसकेकी नेतृ चौधरीले भनिन्, ‘ अब चुप लागेर बस्दिन पार्टी नेतृत्वविरुद्ध अन्तिम लडाईं लड्छु ।

ओलीले खल्तीबाट पर्ची निकालेर  पोलिटब्यूरो सदस्यको टुंगो लगाएको नेताहरुको आरोप छ ।  पार्टीमा निरन्तर काम गरेकाहरुलाई पाखा लगाउँदै ओलीले आफूलाई मन परेका व्यक्तिलाई पोलिटब्यूरो सदस्य बनाएको भन्दै एमालेभित्र पार्टी अध्यक्षविरद्ध नेताहरुको मोर्चाबन्दीसमेत सुरु भएको छ ।