काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले कुनै व्यापाररीले चन्दा नदिएको रिसमा शेयर बजारबारे अनावश्यक टिप्पणी गरेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार ललितपुरमा एमालेका मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउदै अध्यक्ष ओलीले प्रचण्डको अभिव्यक्तिले नै शेयर धराशयी बनेको जिकिर गरे । ‘बडा क्रान्तिकारी साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ रे । लेलिनले भन्दा पनि बढी जान्ने भएछन्, दुई स्टेप ।’ उनले भने, ‘पूँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेर लेलिनले भनेका थिए, त्यो भन्दा माथि गएर साम्रज्यवाद विकसित भएपछि शेयरबजारमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोक्दिए, दुई दिनमा शेयरबजार धराशयी ।’


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले शेयरबजारबारे अनावश्यक बोल्दा त्यसले जनताको जनजीवनमा कस्तो असर पुर्याउँछ, शेयर लगानीकर्ताको अवस्था कस्तो हुन्छ भन्ने कुराको हेक्का राख्न पनि ओलीले सुझाए ।

ओलीले भने, अघि थपे, ‘कुनै शेयर कारोबारीले चन्दा दिएन होला, ठोक्दिए उनले, चन्दा नदिने, ध्वस्त बनाइदिन्छु, नरहे बाँस नबजे बाँसुरी भनेर ।’ प्रचण्डलेजस्तै अभिव्यक्ति आफूहरुले दिएको भए आन्दोलनमा उत्रिएर माइतीघर मण्डलामा पनि ठाउँ नपुग्ने अवस्था आउने उनले बताए ।

ओलीले भने, ‘हामीले बोलेको भए सडक तात्थे, माइतीघरले पुग्दैनथ्यो, सञ्चारमाध्यममा आगो बल्थ्यो । तर, चुपचाप छ, शान्त छ, कोही बोल्दैन ।’