काठमाडौँ– मिदास टेक्नोलोजीले वी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । प्रदेस १ र २ का बिरामीहरूले अस्पतालमा घण्टौ लाइनमा बसेर पाउने सास्तीलाई मध्यनजर गर्दै सोबाट छुटकारा दिने उद्देश्यका साथ सो सेवा सुचारु गरिएको हो ।


ADVERTISEMENT


पूर्वाञ्ञल स्वास्थ्य क्षेत्रअन्र्तगत पहिलो पटक मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरू गरिएको यस सेवाबाट बिरामीले आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनेप्रति मिदास विश्वस्त रहेको छ । अयस्तै, विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवाबाट व्यक्तिलाई समय बचत हुनुका साथै यसले स्वास्थ्यमा समेत सकरात्मक प्रभाव पु¥याउने मिदासको दाबी छ ।


ADVERTISEMENT

# # #


हाललाई यो सेवा शिक्षण अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरुमा समेत उपलब्ध छ । दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि व्यक्तिले मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिन्छ ।