काठमाडौं –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उप-सभापतिमा उम्मेदवारी दिएका विजयकुमार गच्छदार मतगणानाको अन्तिम नतिजा आउँदा २ मतले पराजित भएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसमा फिर्ता भएपछि पहिलो पटक पदाधिकारीका लागि चुनाव लडेका गच्छदार धनराज गुरूङसँग २ मतले पछि पर्दै पराजित भएका हुन् । गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुन: गणनाको माग गरेका थिए । यसले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो ।


ADVERTISEMENT

# # #


कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएका छन् । खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन् । देउवा पक्षकै विजय गच्छदार जम्मा २ मतले तेस्रो स्थानमा परेका छन्। उनले १९०६ मत ल्याए ।

यसअघि कांग्रेसमै रहेका गच्छदार पार्टीमा असन्तुष्टि जनाउँदै मधेसी जनअधिकार फोरमहुँदै आफ्नै नेतृत्वको पार्टी फोरम लोकतान्त्रिक गठन गरेका थिए । प्रतिनिधिसभाको पहिलो चुनावअघि गच्छदारले लोकतान्त्रिक फोरमलाई कांग्रेसमा बिलय गरेका थिए । पुनः कांग्रेस फर्किएका गच्छदार उपसभापति बनेका थिए ।

दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । चौथो स्थानमा रहेका चन्द्र भण्डारीले १५८० मत ल्याएका छन् । प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला, स्वतन्त्र तर्फबाट महेश आचार्य र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह उठेका थिए । कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याए ।