काठमाडौं – ट्राफिक प्रहरी कार्यालय सातदोबाटोका प्रमुख नरेश शाहीले ब्रिट्रिस गोर्खाज नेपालको क्यम्पमा सडक सुरक्षाबारे प्रवचन दिएका छन् ।  शाही पछिल्लो समय ट्राफिक नियमबारे विभिन्न स्थानमा सडक सुरक्षाबारे  क्लास दिइरहेका छन् ।


ADVERTISEMENT


शाही सडक सुरक्षा मानिसको जीवन र मृत्युसँग जोडिएको विषय भएको तर्क राख्छन् ।  सुरक्षाबारे प्रकाश पार्दै शाहीले भने, ‘सडक सुरक्षा र ट्राफिक नियम सबैले बुझ्न आवश्यक छ । किनकी जीवन र मृत्युसँग जोडिएको विषय हो ।


ADVERTISEMENT

# # #


ब्रिट्रिस गोर्खाज नेपालको आयोजना संचालित सडक सुरक्षा कार्यक्रममा ब्रिटिस गोर्खा सेवामा सक्रिय नेपालीहरुलाई शाहीले सडक सचेतना सम्बन्धी प्रशिक्षण दिएका हुन् ।

डक सुरक्षाको सम्बन्धमा जानकारी गराउन र सडकको ज्ञानबारे शिक्षित बनाउने उद्देश्यले कार्यक्रम राखिएको ब्रिट्रिस गोर्खाज नेपालले जनाएको छ । शाहिले सातदोबाटो प्रमुख भएदेखि सडक सुरक्षालाइ पहिलो प्राथमिकता दिदै नागरिक सचेत बनाउने अभियानमा आफू रहेको बताएका छन् ।