भारत – भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध सँधै राम्रो बनाइरहने बताएका छन् । सिंहले नेपालसँगको सम्बन्ध कुनै पनि हालतमा बिग्रिन नदिने भन्दै यस्तो  बताएका हुन्।


ADVERTISEMENT


नेपालको सीमावर्ती राज्य उत्तराखण्डमा बुधबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नरेन्द्र मोदी सरकारका वरिष्ठ मन्त्री सिंहले चाहे शिर झुकाएर बस्नुपरे पनि नेपालसँगको सम्बन्ध बिग्रिन नदिने बताएका हुन् । उनले सीमामा बस्ने नागरिकलाई आफूहरूले रणनीतिक महत्वको हिस्सा मान्ने बताए।


ADVERTISEMENT

# # #


‘उत्तराखण्डको सीमा नेपाल र तिब्बतसँग जोडिन्छ। जहाँसम्म नेपालको प्रश्न छ, नेपालसँग हाम्रो रोटी र बेटीको सम्बन्ध छ। नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ,’ सिंहले भने, ‘म तपाईंहरूलाई यो जानकारी दिन चाहन्छु, केही तत्वहरू यस्ता छन् जो नेपाल र भारतको सम्बन्धलाई खराब गर्न चाहन्छन् ।’ सिंहले नेपाल-भारत सम्बन्ध बिगार्न चाहने तत्व को हुन् भन्ने खुलाएनन् ।

‘सरकारको प्रतिनिधि हुनुको नाताले म भन्न चाहन्छु चाहे जेसुकै होस्, हामीले शिर झुकाएर बस्नु किन नपरोस्, छिमेकी नेपालसँगको सम्बन्ध हामी कहिल्यै फुट्न दिने छैनौं । नेपालसँगको सम्बन्ध कहिल्यै बिग्रन दिने छैनौं,’ सिंहले भने।