एनआईबीएल एस क्यापिटल लिमिटेडका डेपुटी सीईओ तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापासँग हिमालय पोष्टले गरेको कुराकानीको सम्पादित अंश: 


ADVERTISEMENT


एनआईबीएल एस क्यापिटलले कसरी काम गरिरहेको छ ?  


ADVERTISEMENT

# # #


एनआईबीएल एस क्यापिटलले पूँजी बजारका लागि चाहिने सबै सुविधाहरु दिइरहेको छ । यसका अतिरिक्त हामी विशिष्टीकृत लगानी कोष अन्तर्गत पनि लाइसेन्सको प्रक्रियामा थियौं । जो धितोपत्र बोर्डमा अध्यक्ष नभएर हुन सकिरहेको छैन । लाइसेन्स पाएपछि हामी त्यो सुविधा पनि दिन्छौं । फण्डहरु रियाज गर्ने, विभिन्न कम्पनीमा लगानी गर्ने हाम्रो पाइप लाइनमा रहेको छ । त्यसबाहेक इस्यु म्यानेजमेन्टको सेवा, पोर्टफोलीओ म्यानेजमेन्टको सेवा, म्युचल फन्ड र डिपी लगायतका सबै सेवाहरु हामीले उपलब्ध गराइरहेका छौं ।

म्युचल फन्ड अन्तर्गत सामुहिक लगानीको अवधारणा पनि हामीले बजारमा पहिलोपटक ल्यायौं । त्यसले बजारमा लय समात्दै गएको छ । हामीले मर्चेण्ट बैंकका हिसाबले देशव्यापी आफ्नो शाखा विस्तार गर्नुपर्छ भनेर उपत्यकाबाहेक अन्य सहरका ग्राहकहरुलाई सहजताका लागि विभिन्न स्थानमा  शाखा पनि खोलेका छौं ।

बैंकले दिने सुविधा र मर्चेण्ट बैंकले दिने सुविधा फरक भएकाले हामीले सहजताका लागि यसो गरेका हौं । यसो गर्ने कम्पनी सायद् हामी पहिलो नै हो नेपालमा । हाम्रो उपत्यकामा पुतलीसडक र लगनखेलमा दुई वटा र उपत्यका बाहिर  बुटवल, पोखरा, वीरगञ्ज र विराटनगरमा चार वटा शाखासमेत रहेका छन् । प्रमुख कार्यालय सहित हाम्रो सातवटा शाखा छन् । धितोपत्र बोर्डले पनि शाखा विस्तारलाई प्राथमिकता दिएका कारण सातवटै प्रदेशमा शाखा विस्तार गर्ने  हाम्रो लक्ष्य रहेको थियो ।  शाखा विस्तार अलिक खर्चिलो पनि भएकाले  उपत्यका बाहिर चारवटा शाखा खोलेछि हामी स्टप भएका हौं । अलिक उपयुक्त समय भएपछि हामी कर्णाली र सुदूरपश्चिममा पनि शाखा खोल्छौं ।

क्यापिटलहरुको बीचमा एनआईबीएल एस यस्ता कारणले फरक छ भन्ने आधार के रहेको छ ? 

एनआईबीएल एस सुरुदेखि नै एकखाले सिद्धान्तमा बसेर व्यापारिक नीति बनाएर अघि बढेको संस्था हो । हामीले सिद्धान्तमा आधारित भएर नै बजारका कामहरु गरिरहेका छौं । ग्राहकलाई सुविधा दिने कुरामा हामी जहिले पनि सचेत भएर काम गरिरहेका छौं । यही कारण हामीले धेरै वर्षहरुमा धेरैवटा व्यापारको क्षेत्रमा नेतृत्व पनि गरेका छौं ।

आजका दिनमा पनि हामी कतिपय विधामा नेतृत्वदायी रोलमा नै भूमिका निभाइरहेका छौं । यस हिसाबले फोकस, ग्राहकमैत्री र वैधानिक तरिकाबाटमा काम गर्ने संस्थाका रुपमा हामीलाई बुझ्नुपर्ने हुन्छ । मुख्य कुरा ग्राहकलाई सुविधा दिने कुरा नै हो । त्यो नभए संस्था चल्न मुस्किल नै छ । सेवा राम्रो दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले हामी लामो समय बजारमा रहेका छौं । शाखा विस्तार गर्न सकेको कारण पनि त्यही नै हो । डिजिटल कुरालाई पनि हामीले सँगसँगै जोडेको कारण हाम्रो सेवा राम्रो रहेको छ । हामीले मोबाइल एपहरुबाट पनि काम गर्न सहज बनाएका छौं । उत्तरदायी व्यापारमा हाम्रो राम्रो पकड पनि रहेको छ । क्यापिटल मार्केटमा अलिकति अस्वस्थ प्रतिस्पर्धा पनि छ । यो सबैलाई थाहा भएकै कुरा हो । यसले समग्र उद्योगलाई नै नोक्सान गर्ने हुन्छ । यसो गर्नु राम्रो कुरा होइन । त्यसैले हामीले वैधानिक तरिकामा र उत्तरदायी पाटोबाट सेवा दिएका हौं । अस्वस्थ प्रतिस्पर्धामा हामी सहभागी छैनौं ।

फरक कुराहरु के ल्याउने तयारी भइरहेको छ ?

अब हामी ‘ओपन्डेड फन्ड’ किन्न मात्र पाउने व्यवस्थालाई हटाएर बेच्न पनि मिल्ने बनाउँदैछौं । यसलाई डिजिटलरुपमा नै बेच्न मिल्ने व्यवस्था गर्न लागेका छौं । हामीले सेवा सहज बनाउन वेवसाइडमा च्याटबोट सर्भिस पनि जोडेका छौं । त्यसलाई एकदमै व्यवस्थित पार्न हामी लागिरहेका छौं । एपलाई पनि अझै राम्रो र व्यवस्थित बनाएर अघि बढ्दैछौं । जसले ग्राहकलाई सहज तरिकाले सेवा दिन सकोस् भन्ने हाम्रो मान्यता हो ।

भइरहेको सेवालाई छिटो र भरपर्दो बनाउने कुरामा हामी लागेका छौं । शाखाका कुरा मैले माथि जोडिसकेको छु । डिजिटल जमानामा हामी छिरिसकेकोले यसलाई प्राथमिकतामा राखेर सेवालाई सहज बनाउने गतिविधिमा हाम्रो ध्यान तानिएको छ । जनचेतना अभिवृद्धिमा पनि धेरै काम गर्नुपर्छ भनेर हामी त्यसको तयारीमा लागेका छौं । मिडियाका साथीहरुलाई पनि तालीम दिने र सेयर बजारका बारे क्षमता अभिवृद्धि गर्ने हाम्रो लक्ष्य हो । जसले मिडियामा पनि राम्रो प्रचारप्रसार हुनेछ भन्ने हाम्रो सोच छ । क्यापिटलमा नै काम गर्ने साथीहरुको पनि क्षमता अभिवृद्धि गर्नु जरुरी रहेको छ । यसका लागि धेरै काम हामी गरिरहेका छौं ।

अब अगाडि के-के गर्ने भन्ने खाका पनि बनाएर अघि बढिरहेको अवस्था छ । भारतमा म्युचल फन्डका सन्दर्भमा जानकारीको क्याम्पेन चलाएजस्तै नेपालमा पनि गर्नुपर्छ भन्ने हाम्रो क्यापिटलको सोच रहेको छ । भारतमा अहिले सेयर मार्केटको बारेमा थाहा नभएका मान्छेलाई पनि म्युचल फन्डका सन्दर्भमा जानकारी छ । तसर्थ भोलिका बजारका निम्ति धेरै काम गर्न हामी लागिरहेका छौं ।