काठमाडौँ– शिवम् सिमेन्ट लिमिटेडले एक हजारभन्दा बढि निर्माणकर्मीको जोखिम बिमा थालेको छ । निर्माण कार्यका लागि दैनिक जोखिमपुर्ण कार्य गर्नुपर्ने निर्माणकर्मीको बाध्यतालाई मध्यनजर गर्दै सो योजना ल्याइएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


शिवमले प्रदेश २ का विभिन्न जिल्लाहरुका १२ स्थानमा सम्पन्न एक हजारभन्दा बढि निर्माणकमीसंगको निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रमा कम्पनीले सो योजनाको घोषणा गरेको हो । जसअन्तर्गत प्रति निर्मार्णकर्मी ५ लाख रुपैँया बराबरको दुर्घटना बिमा गरिने कम्पनीको भनाई छ ।


ADVERTISEMENT

# # #


योसंगै देशका विभिन्न स्थानहरुमा कम्पनीले २५ सयभन्दा बढि निर्माणकर्मीसंग निर्माण विज्ञ परामर्श सेवासम्बन्धि अन्र्तक्रिया गर्दै ती सबै निर्माणकर्मीको बीमा समेत सम्पन्न गरेको छ ।

मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानमा १ हजार भन्दा बढि निर्माण कर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी २५ सय बढी निर्माणकर्मीहरु संग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ । उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।

शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माण कर्मीहरुसंग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको छ ।