काठमाडौं – अखिल नेपाल पिछडावर्ग (OBC) महासंघका अध्यक्ष नेकपा एमालेका युवा नेता तेज प्रकाश निषादले (OBC)ले जनसंगठनको आधिकारिक मान्यता पाएकोमा खुशी व्यक्त गरेका छन् ।


ADVERTISEMENT


पार्टी अखिल नेपाल पिछडावर्ग (OBC) महासंघलाई  जनसंगठनको आधिकारिक मान्यता दिएपछि निषादले पार्टीमा कार्यरत कमरेडहरु, नेतृत्ववर्ग, पार्टी अध्यक्ष केपी शर्मा ओली, पार्टीका केन्द्रीय नेताहरुलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


आगामी दिनमा (OBC) लाई अझै प्रभावकारी बनाएर लैजाने पनि निषादले उद्घोष गरेका छन् । निषादसँग अखिल नेपाल पिछडावर्ग महासंघमा महासचिव रहेर लामो समय काम गरेको अनुभव छ ।

हाल निषादको अध्यक्षतामा संघले निरन्तरता पाइरहेको छ । निषादले संघ मार्फत मधेसका पिछडिएका समुदायसँग हातेमालो र अन्तर्क्रिया गरी स‌ंघको कामकारबाही अघि बढाएका छन् ।

एमाले पार्टीको प्रदेश कमिटी सदस्यका रुपमा पनि निषादले काम गर्दै आएका छन् । महासंघको अध्यक्षमा चयन भएपछि निषादले आफूले मधेसमा संघमार्फत् गर्न सकिने कामहरु केके रहेका छन् भनी केलाइरहेको पनि बताए