एभरेष्ट बैंक लिमिटेडको २७ औं बार्षिक साधारण सभा मिति २०७८-०९र०१ मा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न साधारण-सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७७ -०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन पारित गरेको छ ।


ADVERTISEMENT


साधारण सभाले शेयरधनीहरुलाई आब २०७७-०७८ का लागि ६५ का दरले हुने रु ५३,३६,२३,०३१  बराबरको बोनस शेयर र ४.३२५ का दरले हुने रु ३८,४२,०८,५८३ बराबरको नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत ) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT

# # #


बैंकले प्रस्तावित रु ५३,३६,२३,०३१ बराबरको बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी रु ८,८९,३७,१७,१७८ बाट बृद्धि भई रु ९,४२,७३,४०,२०९ हुने भएकोले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारणसभाले आब २०७८-७९ को लागि श्री सुन्दर एंड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३८ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएु बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।