काठमाण्डौं-एसीसी अन्डर १९ एसिया कपको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समयअनुसार ७:१५ बजे किनरारा ओभलमा हुँदैछ । नेपाल र अफगानिस्तान दुवै पहिलो पटक फाइनलमा पुग्ने सुरमा छन् ।


ADVERTISEMENT


नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा भारत र मलेसियालाई पराजित गरेको थियो । अफगानिस्तान समूह बी को विजेता हो ।


ADVERTISEMENT

# # #


यस खेलमा जित हात पार्ने टोलीले फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले बिहीबार बंगलादेशलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

 

https://www.facebook.com/yatritv/videos/1975332612493216/