भावनात्मक देखिएको पेरु प्ले–अफमा बुधबार राति न्युजिल्यान्डलाई २–० ले हराएर सन् १९८२ यता पहिलोपल्ट विश्वकपमा प्रवेश गरेको छ । जेफरसन फारफन र क्रिस्टियन रामोसले गोल गर्दै पेरुलाई रुसको टिकट दिलाएका थिए ।


ADVERTISEMENT


फारफनले २७ औं मिनेटमा अग्रता दिलाएका थिए भने रामोसले ६५ औं मिनेटमा ‘लोस इन्कास’ को विश्वकपमा पाँचौं सहभागितालाई निश्चित गरेका थिए । र यो नै पेरु विश्वकपमा पुगेको ३५ वर्षयता पहिलोपल्ट हो । ‘इतिहासलाई छाडेर यसमा यसमा ठूलै भावना जोडिएको छ,’ आँसु झार्दै पेरुका मिडफिल्डर क्रिस्टियन कुएभाले भने, ‘यो बच्चैदेखिको सपना हो । लामो समयदेखि हामीले यसलाई तोड्न सकेका थिएनौं । अब हामी खुसी मनाउन जाँदैछौं ।’


ADVERTISEMENT

# # #


वेलिङ्टनमा शनिबार भएको ओसियाना र दक्षिण अमेरिकी टिमको प्ले–अफको पहिलो लेग गोलरहित टुंगिएको थियो । त्यसैले लिमाको नेसनल स्टेडियमको खेल निर्णायक बनेको हो । ‘फेरि विश्वकपमा पुग्न हामीले ३५ वर्ष बढी प्रतीक्षा गर्‍यौं । यो खुसीयाली दिएकामा लडाकुलाई धन्यवाद,’ पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुस्जिन्स्कीले टिट गरेका छन् । एक सय २२ औं वरीयतामा रहेको न्युजिल्यान्ड तेस्रोपल्ट विश्वकपमा छनोट हुने प्रयासमा थियो ।

विश्वकपमा पुगेमा एकदिन राष्ट्रिय विदा दिने पेरुका राष्ट्रपति ले बताएका थिए । पहिलो लेगमा गोलरहित नतिजा निकालेकाले विश्वकपमा छनोट हुने सम्भावना बढेर गएपछि रंगशाला बाहिर टिकट ६ सय डलरमा समेत बिक्री भएको थियो । पेरु विश्व वरीयतामा १० औं स्थानमा छ र विश्वकप ‘ड्र’ मा टोली पट–२ मा हुनेछ ।