काठमाडौं – मंगलबार प्रतिनिधि सभा बैठक बस्‍दैछ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्‍न लागेको हो । आजको बैठकमा पेचिलो बनिरहेको एमसीसीको मुद्दा  भने टेबल नहुने भएको छ ।


ADVERTISEMENT


बैठकअघि सभामुख अग्‍निप्रसाद सापकोटाले कार्य परामर्श समितिको बैठक बोलाएका छन् । परामर्श समितिको बैठक बिहान साढे ११ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ । समिति बैठक संसद् भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ ।


ADVERTISEMENT

# # #


संसद्‍को सम्‍भावित कार्यसूचीमा कानुन मन्‍त्री दिलेन्‍द्रप्रसाद बडूले यौन हिंसाविरुद्धका केही अध्यादेशलाई स्वीकृत गरियोस् भन्‍ने प्रस्‍ताव पेश गर्ने कार्यसूची छ । त्यस्तै सांसद प्रेम सुवालले यौन हिंसाविरुद्धका केही अध्यादेशलाई स्वीकृत गरियोस् भन्‍ने प्रस्‍ताव पेश गर्नेलगायत सम्भावित कार्यसूची छन् ।

संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीबारे उल्लेख गरिएको छैन । यसअघि आजको बैठकमा एमसीसी टेबुल हुने चर्चा थियो ।