जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश नम्बर २ मा आज प्रदेश अधिवेशनअन्तर्गत मतदान हुने भएको छ । प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला तथा विमलेन्द्र निधिको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।


ADVERTISEMENT


केन्द्रमा सभापति पदमा देउवालाई दोस्रो चरणमा समर्थन गरेका निधि प्रदेश २ मा भने कोइरालासँग मिलेका छन्।  कोइराला-निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् भने देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादवले उम्मेदवारी दर्ता गरेका छन्।


ADVERTISEMENT

# # #


रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दर्ता गराएका छन् भने सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन् । यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिएकी छन् ।

कृष्णाको प्यानलबाट उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादवले उम्मेदवारी दिए भने महामन्त्रीमा उपेन्द्र यादव र वृहसपति कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरीले उम्मेदवारी दिए भने रिता यादवले पनि सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन् । प्रदेशमा करिब २ हजार मतदाता छन् । प्रदेश अधिवेशनका लागि देउवा र कोइराला पक्षका केन्द्रीय नेता तथा निधिसहित नेताहरू जनकपुरधाममा छन्।