काठमाडौं –  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक आज बस्‍दैछ। आयोगको अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ ।


ADVERTISEMENT


‘न्याय सेवा आयोगको भोलि ३ बजे बैठक बोलाइएको छु, न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भने, ‘जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको हो ।’


ADVERTISEMENT

# # #


आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ ।